शुक्रबार, मंसिर १५, २०८०
Dashain

विगतका गल्तीप्रति आत्मालोचना सहित नयाँ सङ्कल्प र प्रतिबद्धता गर्न आजको आवश्यकता कांग्रेस महामन्त्री शर्मा

काठमाडौ बैशाख १७ ,

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनको समयमा जनतालाई धेरै सपना देखाउने, पूरा गर्न नसक्ने र जनतालाई निराश बनाउने गलत प्रवृत्ति अन्त्य गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

साथै उहाँँले शुक्रवार कांग्रेसको शुभेच्छुक संस्था नेपाली सांस्कृतिक सङ्घले तयार गरेको ‘कांग्रेसलाई जिताऔँ’ गीत सार्वजनिक कार्यक्रममा वोल्दै आसन्न स्थानीय तहको निर्वाचनमा दलहरूले आफ्नो प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढङ्गले अघि बढाउनुपर्ने बताउनुभएको हो

त्यस्तै महामन्त्री शर्माले विगतका गल्तीबाट सिकेर जनतासमक्ष आत्मालोचना सहित नयाँ सङ्कल्प र प्रतिबद्धता गर्न आजको आवश्यकता भएको भन्दै अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र मितव्ययी ढङ्गले चुनावी खर्च गर्न आह्वानसमेत गर्नुभयो ।

त्यस्तै वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाको सङ्गीत, राधिका हमाल, सुजाता केसी, शशिविक्रम थापा र आलिन खानको स्वर तथा मनोजकेसीको निर्देशनमा तयार भएको उक्त गिती क्यासेट सार्वजनिक कार्यक्रममा कांग्रेसका युवानेता गुरुराज घिमिरे सङ्घका अध्यक्ष तीर्थ थापा सङ्घका महासचिव जोगेन्दर पानवाला प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकूलपति विष्णुविभू घिमिरे, गायिका राधिका हमाल लगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031