बुधबार, मंसिर २०, २०८०
Dashain

ललितपुर मेयरमा विवेकशीलको तर्फबाट उज्ज्वल कृष्ण चुनाव लड्दै

ललितपुर वैशाख ६,
विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ। मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा उम्मेदवारी घोषणा पूर्व श्रेष्ठले नवनिर्मित भीमसेनको मन्दिर दर्शन गरि भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाँदै उम्मेदवारी घोषणा गरेको  हो।

त्यस्तै ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवासुविधालाई निःशुल्क र गुणस्तरीय बनाउने आफ्ना एजेन्डा रहेको बताउँदै श्रेष्ठले भने, मैले गर्नै नसकिने ठुला ठुला सपना देखाउँदिन। तर म जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु। इमानदारी मेरो पहिलो सर्त भएको बताए ।

कार्यक्रममा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पाटनको सभ्यता र कलाको जगेर्ना हुन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले भने, हाम्रा पिता पुर्खामा रहेको सांस्कृतिक र पुरातात्त्विक चेत अहिलेको पुस्ता र नेतृत्वमा नहुँदा पाटनको सभ्यतालाई उचित संरक्षण र प्रवर्द्धन गर्न नसकिए भन्दै ललितपुर महानगरपालिकाको नेतृत्व गर्न पाए शिक्षा, स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाउनुका साथै पाटनको सभ्यतालाई जगेर्ना गर्न सम्पदा आसपासका हरेक घरलाई नेवास् सभ्यता अनुसारका बनाउन अनुदान दिने घोषणा गरे। घोषणा सभामा पार्टीका नेता एवं बागमती प्रदेश सांसद शोभा शाक्य लगायतले धारणा व्यक्त गर्नभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031