काठमाडौं बैशाख १४,
सरकारले पछिल्लो समय बढ्दो उच्च व्यापार घाटा र विदेशी मुद्राको संचितिको अवस्थालाइ सुधार गर्न विभिन्न १० बिलासीका वस्तुको आयातमा रोक लगाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो ।