बुधबार, मंसिर २०, २०८०
Dashain

माफ गर्नोस् श्रद्देय कमरेड `उडन्ते सपनाहरुको गफको पुलिन्दा´ लेख्न काँग्रेसलाई आएन ! महामन्त्री शर्मा

 काठमाडौं बैशाख १४,
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको घोषणापत्र केन्द्रीत हुँदै नेपा एमाले अध्यक्ष केपी ओली काँग्रेसको घोषणापत्र काँग्रेस घोषणा पत्रलाई पागलहरूको प्रलाप र उडन्ते गफ जस्तो हावामा उडिरहने भन्दै गरेको टिप्पणीको चोटिलो जवाफ फर्काएका छन्।

महामन्त्री शर्माले एमाले अध्यक्ष ओलीलाइ आफ्नो समाजीक सञ्जाल मार्फत चोटिलो जवाफ दिदै भनेका छन काँग्रेसले जमिनमा टेकेर गर्न सकिन कामहरू मात्र घोषणापत्रमा उल्लेख गरेको हो । एमालेले जस्तो हावादारी घोषणापत्र तयार गर्न नसकिएको टिप्पणी गरेका छन्।

त्यस्तै एमाले अध्यक्षलाइ काँग्रेसको घोषणा पत्र मन परेन ठिकै छ । तर कम्तिमा बिषयको बहसमा आउन चाहेकोमा धन्यवाद समेत दिदै
मङ्गलवार सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढङ्गले धरातलमा उभिन्छ ! जमिनमा टेकेर गर्न सकिने कामहरूझ मात्रै उल्लेख स्मरण गराएका छन ।

साथै महामन्त्री शर्माले एमाले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले मङ्गल ग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नु भएको बताउँदै माफ गर्नोस् श्रद्धेय कमरेड तपाइ लाइ जस्तो उडन्ते सपनाहरूको गफको पुलिन्दा लेख्न काँग्रेसलाई आएन भनेका छन ।

साथै चुनावी मैदानमा घोषणापत्रदेखि उम्मेदवारको चरित्र सम्मको चिरफार गर्न उनले आग्रह गरेका छन्। खरा प्रश्न गर्न जनतालाई अपिल गर्न र जिम्मेवार ढङ्गले जवाफ पेस गर्न उनले आग्रह गर्दै भनेका छन्, तर मर्यादा भन्दा तल गालिमा नझरौँ सानोदेखि लागेको बानी भनेर निर्वाचन आचारसंहिताले उच्च तहलाई पनि घृणास्पद अभिव्यक्तिको छुट दिँदैन, चेतना भया भन्दै ओलीको झाँको झारेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031