बुधबार, मंसिर २०, २०८०
Dashain

महानगर प्रमुखका लागि सिंह, स्थापित र श्रेष्ठको उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं बैशाख १२ ,
स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोयनका राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा आज स्वतन्त्र उम्मेदवार संगै ठूला राजनैतिक दलहरुले आज मध्याह्नपछि बजागाजा र दलबलसहित आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएका छन ।

यसैक्रममा सत्ता गठबन्धनका तर्फबाट हरिप्रभा खड्गी र नीलकाजी शाक्यको समर्थन र प्रस्तावमा महानगर प्रमुख पदकालागि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले र उपप्रमुखमा गठबन्धनकै साझा उम्मेदवार नेकपा एसको तर्फबाट रामेश्वर श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसअघि नेकपा एमालेका तर्फबाट महानगर प्रमुखका लागि केशव स्थापित र उप्रमसखमा सुनिता डङ्गोलले मनोनयन दर्ता गराउनुभएको छ । उम्मेदवारी मनोनयन दर्ताकै क्रममा राप्रपाका तर्फबाट महानगर प्रमुखको लागि कलाकार मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैवीच उम्म्दवारी दर्ता पछि सञ्चारकर्मीलाइ प्रतिक्रिया दिने क्रममा एमालेकाका उम्मेदवार स्थापितले महानगरको शिक्षा सुधार गर्ने, बस्तीको व्यवस्थित गर्ने, ट्राफिक व्यवस्थापन सहज बनाउने र सहरी पूर्वाधार विकासमा जोड दिएका छन भने सत्ता गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार श्रीजना सिंहले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो ।

त्यस्तै गरि राप्रपाका तर्फबाट कामपाको प्रमुखमा उम्मेदवार दिनुभएका मदनदास श्रेष्ठले भने महानगरमा व्याप्त भ्रष्टाचारको समुल अन्त्य संगै काठमाडौँलाई बसोबासका लागि उपयुक्त सहर बनाउने आफ्नो योजना रहेको बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031