शुक्रबार, मंसिर १५, २०८०
Dashain

भगवान् श्री रामचन्द्रको पूजाअर्चना सहित आज रामनवमी पर्व मनाइँदै

काठमाडौं चैत २७,
आज रामनवमी । हरेक वर्षको चैत शुक्ल नवमीको अवसरमा यो पर्व श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा–आराधना गरी मनाइन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको धार्मिक विस्वास रहिआएको छ ।   मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाउने गरिन्छ ।

आजको दिन स्नान गरी राम जानकी मन्दिरमा पूजा पाठ गरे पारिवारिक सुख शान्तिका साथै हरेक प्रकारका दुखबाट मुक्ति हुने जनविश्वास रही आएको छ । कोभिड कहरका कारण आजका दिन राजधानीस्थित बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारीस्थित राममन्दिर लगायत जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न भक्तजनको न घुइँचो लागेको छ । सरकारले रामनवमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031