शुक्रबार, मंसिर १५, २०८०
Dashain

भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रा आजबाट शुरु

भक्तपुर चैत २७,
भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रा आजबाट शुरु भएको छ । आज जात्राको पहिलो दिन तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी क्षेत्र तर्फ तानि रथलाई तल्लो क्षेत्रमा गःहिटी पु-याई पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा रहेको छ । त्यसपछि चैत्र मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाई वैशाख १ गते राति लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा ठूलो मेला लाग्ने गर्दछ ।

बिस्केट जात्राको किम्बदन्तीअनुसार परापूर्वकालमा भक्तपुरमा एक प्रतापी र अद्भूत सुन्दरी राजकुमारी थिइन् । ती राजकुमारीलाई बिहे गरे राजगद्धी पाइने भएपछि धेरै राजाले तिनीसँग बिहे गरे तर बिहेकै रात राजकुमार मर्ने गर्दथ्यो । राजाले आफ्नो सयन कक्षबाट हरेक बिहान शव उठाई मसानघाटसम्म पु-याउने मलामी गुठी नै स्थापना गरेका थिए ।

अन्तमा एक बुद्धिमानी राजकुमारले ती राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनु भने ।

यसरी अजिङ्गरको स्वरुप हुने नागनागिनी मारिएको खुसियालीका साथ यो जात्रा मनाउन थालिएको भनाइ छ । नागनागिनीको अन्तिम इच्छाअनुसार ६० हात लामोे लिङ्गो ल्योसिंखेलमा ठड्याएर एकजोडी विश्व ध्वजा राख्ने गरिन्छ । लिङ्गोमा आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अङ्कित हुन्छ ।

यसैवीच जात्रालाइ भव्य र सव्य एवम शान्तिपूर्ण वातावरणमा मनाउन यसवीचमा जिल्ला प्रशासन कार्यालय भक्तपुर नगरपालिकाले अपिलल गरेपनि भैरवनाथको रथ तान्न क्रममा भएको तानातानको क्रममा रथ गहिँटी पुगेर घरमा ठोक्किएर रोकिएपछि तल्लो र माथिल्लो समूह बाट ढुङ्गा हानाहान भए पनि प्रहरीले हस्तक्षेप eg] नभएको बताइएको छ ।

 त्यस्तै जात्रालाइ मध्य नजर गर्दै स्थानीय प्रशासनले शहरको विभिन्न भागमा सिसी क्यामरा जडान गर्नुको अलावा मदिरा बिक्री वितरणमा रोक लगाउँदै झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गर्ने यसअघि नै जनाउ दिइसकेको छ ।