बुधबार, मंसिर २०, २०८०
Dashain

बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

सुनसरी  चैत१९,
ईटहरी उपमहानगरपालिका(२ स्थित बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिकाका २० वर्षीय रविन थापा, सोही ठाउँ बस्ने ३२ वर्षीया लक्ष्मी देवी थापा, लमजुङ ढोडेनी गाउँपालिका बस्ने २३ वर्षीय शेरजंग गुरुङ र झापा कन्काइ नगरपालिका लक्ष्मीपुर बस्ने ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेको प्रहरीले जनाएके छ ।

प्रहरीका अनुसार ईटहरी उपमहानगरपालिका २ डेरा गरी बस्ने लक्ष्मी थापाको कोठामा चैत १४ गते बम बिष्फोट हुँदा मानिस घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले शेरजंग गुरुङ र लक्ष्मी थापाको छोरा रविन थापालाई घाइते अवस्थामा फेला पारी उपचारको लागि अस्पताल पठाएको थियो ।

त्यसपछि घटनाको थप अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमध्ये रविन र शेरजंगलाई उपचार पश्चात, लक्ष्मी देवीलाई इटहरी उपमहानगरपालिका २ बाट र घटनाका मुख्य योजनाकार खगेन्द्र खरेललाई झापा मेचिनगर नगरपालिका ६ स्थित नेपाल भारत सिमाना काकडभित्ताबाट पक्राउ गरेको जनाउदै उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएके छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031