शुक्रबार, मंसिर १५, २०८०
Dashain

बतास समूहले पत्र बुझ्न अस्वीकारगरेसंगै सार्वजनिक सूचना जारी

काठमाडौं चैत २१
पशुपति क्षेत्र विकास कोषले तिलगङ्गास्थित नेपाल भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकारगरेसंगै सार्वजनिक सूचना जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । तर बतास समूहले पत्र बुझ्न अस्वीकार गरेपछि कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना जारी गरेको हो ।

त्यस्तै जारी सूचनामा कोषले होटल आनन्द प्रालिले नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडामा सञ्चालन गर्ने बारेमा भएको सम्झौता विपरित कामकारावही सहति सम्झौतामा लेखिएको विभिन्न सर्तहरू पालना नगरेको उल्लेख गरेका छन ।

साथै यसअघि सम्झौता मुताविक भन्दा विपरितका कामकारवाही भएसंगैयस सम्बन्धमा पशुपति क्षेत्र विकास कोष, सञ्चालक समितिको बैठकले आनन्द होटल प्रालिबाट ३५ दिनभित्र स्पष्टीकरण सहितको जवाफ पेस गर्न मौका दिएपनि होटल सञ्चालकले कोषसमक्ष कुनै जवाफ नदिएको बताइएकोछ ।

त्यसलगत्तै कोषले चैत १४ गते बसेको कोषको बैठकले होटल आनन्द प्रालि र कोषका बीचमा भएको सम्झौता चैत १७ गतेबाट रद्द गर्ने निर्णय
सहित जारी सार्वजनिक सूचनामा कोषको चनं १४१४, चैत १७ गतेको पत्रबाट जानकारी गराएकोमा निजले करार भङ्ग बारेको पत्र बुझी नलिएको, सो पत्र निजको आधिकारिक ई मेल ठेगानामा पठाई सकिएकोमा पुनः सार्वजनिक जानकारी समेतका लागि उल्लेखित मितिको पत्रको व्यहोरा देहाय बमोजिम प्रकाशित गरिएको भनिएको छ।