शुक्रबार, मंसिर १५, २०८०
Dashain

फोहर व्यवस्थापन कार्य थप जटिल बन्दै, फोहर वर्गीकरण नगरे पाँच सय जरिवाना

काठमाडौँ बैशाख २ ,
पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य थप जटिल बन्दै आएको छ ।

उपत्यकाबाट उठेको फोहर विस्थापन गर्दै आएको नुवाकोटको सिसडोल क्षेत्र भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा गर्ने अवरोधका कारण काठमाडैंका सडकमा फोहर  थुप्रिने क्रम बढेको अवस्थालाइ दृष्ठिगत गर्दै काठमाडौं महानगरले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न महानगरवासीलाइ आग्रह गरेको हो।

त्यस्तै काठमाडौँ महानगरले वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको छ । महानगरको वातावरण विभागले गरेको आग्रहलाइ वेवास्ता गरिए प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ थ तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ थ अनुसार कसुर मानी सजाय गर्ने जनाएको छ ।