काठमाडौं चैत २३,
नेपाल आयल निगमले रसिया युक्रेनमा जारी युद्ध संगै अन्र्तराष्ट्रि स्तरमा पेट्रोलियम पदार्थको मूल्य उच्चच रहेको जनाउ सहित नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बढ्दो पेट्रोलियम पदार्थको मूल्य अनुरुप प्रेट्रोल प्रतिलिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ।
त्यस्तै निगमले हवाइ इन्धन [आन्तरिक] को प्रतिलिटर ५ रुपैयाँले बढाई १५६ रुपैयाँ पुर्याएको छ भने हवाइ इन्धन [अन्तर्राष्ट्रिय] तर्फ अमेरिकी डलर ५० ले वृद्धि गरी प्रतिकिलोलिटर १ हजार ५ सय ४५ कायम गरेको छ ।त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि १६ सय प्रतिसिलिन्डर कायम गरेका छा ।