शुक्रबार, मंसिर १५, २०८०
Dashain

प्रधानमन्त्रीद्वारा देशैभर सञ्चालन हुने टाइफाइड खोप अभियानको शुभारम्भ

काठमाडौं चैत २४ ,

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवारबाट आगामी वैशाख १८ गतेसम्म देशैभर सञ्चालन हुने टाइफाइड खोप अभियानको आज एक कार्यक्रमकावीच शुभारम्भ गर्नुभएको छ ।

रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमणको जोखिमलाइ नियन्त्रणमा लिन सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने बताउँनु भयो ।

त्यस्तै फरक प्रसंगमा उहाँले राजधानीलगायत सहरी क्षेत्रमा फोहरको समस्याको दिगो समाधानका लागि फोहरको प्रशोधन प्लान्ट स्थापना गरी त्यसबाट ग्यास तथा विद्युतीय ऊर्जा उत्पादन गर्न सकिने हुँदा यसतर्फ लाग्न स्थानीय निकायलाइ आग्रह गर्दै यसको लागि रिकारले पनि सहयोग गर्ने बताउनुभयो ।



कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले दक्षिण एशियामा नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो ।

त्यस्तै काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले टाइफाइड रोगविरुद्धको खोप अभियानबाट कोही पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले विद्यालय र खोप केन्द्र गरी ६०० स्थान तोकिएको जानकारीदिदै र यसमा स्थानीय निकाय, महिला स्वयंसेविकासँग समन्वय गरिएको बताउँनुभयो ।
साथै उहाँले केही दिनदेखि काठमाडौँको फोहर उठ्न नसकेको बताउँदै यसको लागि सरकारले आवश्यक समन्वय गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा रामपार्थ बिछा लगायतले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031