काठमाडौं चैत २०,
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसंगै सरकारले आजबाट लागु हुने गरि सार्वजनिक यातायातको भाडा पनि १५ प्रतिशतसम्म बढाएको छ ।
यातायात विभागले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा अथवा घटेमा बैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागु हुने जनाएको छ ।
हाल बढेको भाडादर अनुसार यात्रु बाहक सवारीसाधनमा १० प्रतिशत भाडा वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडादरमा १३ प्रतिशत र तराईको बाटोमा सञ्चलान हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको छ ।