बुधबार, मंसिर २०, २०८०
Dashain

पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न महासंघको आग्रह

महासङ्घका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्य उम्मेदवार बनेमा स्वतः मुक्त

काठमाडौं बैशाख १२ ,
नेपाल पत्रकार महासंघले आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न र निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने काम नगर्न सम्पूर्ण पत्रकारवृतलाइ आग्रह गरिएको छ ।

त्यस्तै महासङ्घका महासचिव रोशन पुरीले आज एक विज्ञप्ति जारी गर्दै महासंघले सधैँ साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यसको गरिमा, साख र साझा चरित्र बचाउन हरेक सदस्यको भूमिका महत्वपूर्ण रहिआएको भन्दै नेपाल पत्रकार महासङ्घले महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता त्याग्न सबैलाई आह्वान गर्दै महासङ्घका सदस्यको भूमिकाको अनुगमन गरी यथार्थ विवरण सङ्कलन गर्न महासङ्घको आचारसंहिता तथा अनुगमन विभागले अनुगमन गरिहेको उल्लेख गरिएको छ।

त्यस्तै जारी विज्ञप्तिमा महासङ्घका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्य उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने निर्णय समेत गरिएको जनाउ सहित सत्यतथ्य, निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राख्न र निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न समेत भनेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031