शुक्रबार, मंसिर १५, २०८०
Dashain

पछिल्लो २४ घण्टामा १८ जनामा कोभिड सङ्क्रमण, १७ जना डिस्चार्ज

काठमाडौं बैशाख १०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै मन्त्रालयले १२ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

साथै यसवीचमा १७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको जनाउँदै मन्त्रालयलछ देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २८३ रहेको जानकारीदिएको छ।