शुक्रबार, मंसिर १५, २०८०
Dashain

नेपाल फाइनान्स २९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं बैशाख ६,
निजि क्षेत्रको पहिलो फाइनान्सको रुपमा संचालित नेपाल फाइनान्स २९औं वार्षिक साधारण सभाले आगामी ४ बर्षको लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समुहवाट प्रतिनिधित्व गर्ने १ जना संचालक निर्विरोध निर्वाचित गरेको छ।

२०४९ सालमा स्थापना भएको नेपालको सबैभन्दा पुरानो नेपाल फाइनान्सको संस्थापक समुहवाट निर्वाचित संचालकहरुमा हिरेन्द्रमान प्रधान ,दिप्रश शाक्य,राजन प्रजापति ,बिकेश शाक्य र सर्वसाधारणको तर्फबाट संचालक लक्ष्मी महर्जन निर्वाचित भएका छन।

संचालक समितिको अध्यक्ष हिरेन्द्र मान प्रधानको अध्यक्षता एवम् सञ्चालक दिप्रश शाक्यले स्वागत मन्तव्यमा सम्पन्न शुभारमभ भएको साधारणसभाको उद्घाटन सत्रमा प्रमुख कार्यकारी अधिकृत उद्दव राज थपलियाले हाल सम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै सभाले बैंक तथा वित्तीय संस्थालाई गाभ्ने र गाभिने एवम प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी समेत प्रदान गरेका छ।

२०४९ सालमा स्थापना भएको नेपालको सबैभन्दा पुरानो नेपाल फाइनान्सको हाल १० वटा शाखा कार्यालय र काठमाडौंको कालिमाटी र कान्तिपथमा एक्सेटेन्सन मार्फत सेवा प्रवाह संगै मोबाईल बैकिङ्ग कनेक्ट आइपिएस आइपिएस आरटिजिएस एटिएम कर्पोरेट पे आदिबाट आफना सेवा हरु प्रदान गर्दै आएको छ।