शुक्रबार, मंसिर १५, २०८०
Dashain

निर्वाचन आयोगको मुख्यालयमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौं बैशाख १०,
आसन्न् स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व हुनेगरी आज राजधानीको स्थित निर्वाचन आयोगको मुख्यालयमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र [जेइओसी]स्थापना गरिएको छ ।

आसन्न् निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा केन्द्र स्थापना गरिएको आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उदघाटन गर्नुभएको संयुक्त निर्वाचन सञ्चालन केन्द्र मार्फत निर्वाचन आचारसंहिता तथा अन्य गतिविधि सुक्ष्म रुपले अनुगमन तथा मूल्याङ्कन गर्न केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अनुसन्धान प्रहरीका प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन वैशाख ११ र १२ गते हुँदै गरेको जानकारीदिदै निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना संकलन, प्रशोधन, विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्वन्धी काम केन्द्रले गर्ने आयोगले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031