शुक्रबार, मंसिर १५, २०८०
Dashain

दलीय नेतृत्वको बहिनी ज्वाइँ सहित सत्तारुढ गठबन्धनले गर्यो २० देशका लागि राजदूत सिफारिस

काठमाडौं चैत २५,
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशमा रिक्त रहेको नेपाली राजदूत मा नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले राजनीतिक नियुक्तिबाट १२ जना र परराष्ट्र मन्त्रालयका ८ जनालाई राजदूतमा सिफारिस गरेको हो ।

यसरी सिफारिस भएकाहरुमा परराष्ट्र मन्त्रालय तर्फबाट क्रमस घनश्याम भण्डारीलाई बंगलादेश, हरिशचन्द्र घिमिरेलाई बहराइन, डोरनाथ अर्याललाई ओमान, सुशीलकुमार लम्साललाई इजिप्ट, भरतकुमार रेग्मीलाई भियना, राष्ट्रसंघीय स्थायी नियोग, निर्मलराज काफ्ले , ब्र्राजिल, दुर्गाबहादुर सुवेदीलाई जापान, तीर्थराज वाग्लेलाई म्यानमारमा राजदूतका लागि सिफारिस गरिएको छ ।

त्यस्तै राजनीतिक नियुक्ति तर्फ क्रमस विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङ दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल स्पेन, वासुदेव मिश्र श्रीलंका, मिलन तुलाधर रसिया र कैलाश पोखरेललाई अस्ट्रेलिया र डिल्लीराज पौडेललाई मलेसिया, शान्ता रिजाल इजरायल, ज्योति प्याकुरेल दक्षिण कोरिया, प्राडा रामसुरज राय यादव डेनमार्क, नवराज सुवेदी साउदी अरब, नरेश विक्रम ढकाललाई कतारका लागि राजदूतमा सिफारिस भएका छन ।

यसवीचममा प्राप्त जानकारी अनुसार अस्ट्रेलियाका लागि सिफारिस पोखरेल नेकपा एसका अध्यक्ष नेपालका बहिनीज्वाइँ र श्रीलंकाका लागि सिफारिस भएका मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालका बहिनी ज्वाइँ भएको बताइएको छ। सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।