शुक्रबार, मंसिर १५, २०८०
Dashain

थप १८ जनामा सङ्क्रमण पुष्टि २५ जना डिस्चार्ज

काठमाडौं बैशाख ९,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्ले २४ घण्टामा देशभर १८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार ६५१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै यसवीचमा थप २५ जना सङ्क्रमणमुक्त भएको र योसंगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ४८१ पुगेको जनाउँदै मन्त्रालयले संक्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको जानकारी दिदै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २८२ रहेको जनाएको छ ।