शुक्रबार, मंसिर १५, २०८०
Dashain

थप नयाँ ३३ जनामा कोभिड संक्रमण, ८९ जना संक्रमण मुक्त

काठमाडौं चैत २१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा थप ३२ जना र एन्टिजेन परीक्षण गर्दा १ जना गरि ३३ जनामा कोभिड सङ्क्रमित पुष्टि भएको जनाएको छ ।

साथै यसवीचमा थप ८९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको जनाएको छ । साथै वितेको २४ घण्टामा ६० हजार ७२ जनाले कोभिड विरुद्धको खोप लगाएको जनाएको छ ।