शुक्रबार, मंसिर १५, २०८०
Dashain

चार हजारको मनोनयन दर्ता फिर्ता , आज निर्वाचन चिह्न प्रदान गर्दै   

काठमाडौ बैशाख १७,
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब ४ हजारले फिर्ता लिएका छन् । गत वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा शुक्रवार साँझ ५ बजेसम्म फिर्ता लिन समयसिमा आयोगले निर्धारण गरेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको जानकारी सहित उम्मेदवारको मनोनयन फिर्ता संगै १ लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट रहेको जनाएको छ।

यसैवीच आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दैछ । स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने लागेको हो। उम्मेदवारी दर्ता, दाबी–विरोध र उजुरीको जाँचबुझ पछि शुक्रबार उम्मेदवारी फिर्ताको कार्यतालिकाको समय सिमा सकेसंगै आयोगले निर्वाचनको पछिल्लो प्रक्रिया अनुरुप आज निर्वाचन चिह्न प्रदान गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।