शुक्रबार, मंसिर १५, २०८०
Dashain

गठबन्धन दलको बैठक: चुनावी तालमेलको मोडालिटी केन्द्रीत औपचारिक छलफल

काठमाडौ चैत २३ ,
कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित सत्ता गठबन्धन दल आसन्न स्थानीय तहको निर्वाचनको तयारी र अनुगमनका समितिको आज बसेको पहिलो बैठकले चुनावी तालमेलको मोडालिटीका विषयमा औपचारिक छलफल गर्दै आवश्यक रणनीति तय गर्ने निर्णय गरेको छ।

बैठकपछि नेकपा एसका महासचिवससमेत रहनुभएका डा बेदुराम भुसालले नेकपा चुनावी तालमेलको विषयमा औपचारिक छलफल वाहेक थप केही निर्णय नभएको जानकारीदिदै चुनावी तालमेलका लागि थप गृहकार्य गरेर चैत २७ गते बस्ने बैठकबाट ठोस निर्णय आउँने  बताउनुभयो ।

काँग्रेस वरिष्ठ नेता पौडेल नेतृत्वको समितिमा काँग्रेस महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित गठबन्धनमा सहभागी दलका क्रमस माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन एकीकृत समाजवादीबाट डा.बेदुराम भुसाल, डा. विजय पौडेल, जसपाबाट अशोक राई, भौतिक रेणुकुमारी यादव र र जनमोर्चाबाट हिमलाल पुरी सदस्य रहेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031