बुधबार, मंसिर २०, २०८०
Dashain

कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदा पारित

काठमाडौं चैत ३० ,
आसन्न् स्थानीय तह निर्वाचन लक्षित हुँदै आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समतिको बैठकले स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित  गर्ने भएको छ।

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारीका लागि पार्टी महामन्त्री गगन थापाकोसंयोजकत्वमा गठित समितिले बैठकमा पेश गरेको मस्यौदामा केन्द्रीय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरेको हो ।

त्यस्ते बैठकले नयाँ वर्ष २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा कार्यसम्पादन समितिको बैठकमार्फत शुभकामना व्यक्त गर्दै आसन् निर्वाचन मार्फत काग्रेसलाइ निर्वाचित गराउन अपिल समेत गरेको छ ।

बैठक पछि जारी विज्ञप्तिमा उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु— महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, जीवन परियार र सदस्यहरु—विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा। रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, जीपछिरिङ लामा र एनपी साउँद लगायतले आ–आफ्नो धारणा राख्नु भएको उल्लेख गरिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031