शुक्रबार, मंसिर १५, २०८०
Dashain

काँग्रेस महामन्त्री शर्माको ट्वीटको राजनैतिक तरंग ,अर्थमन्त्री शर्माको राजीनामा माग

काठमाडौं बैशाख ७,
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यको फोटो पोस्ट गर्दै ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई,  भन्दै  अर्थमन्त्री जनार्दन शर्माको राजीनामा केन्द्रीत रहेको सहजै बुझ्न सकिन्छ ।

मन्त्री शर्माले हालै निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले मंगलबार अल्पकालीन अन्तरिम आदेश दिंदै काममा फर्कन आदेश जारी गरेसंगै महामन्त्री शर्माले यसअघि तत्कालीन काँग्रेस सरकारेका समयमा अर्थमन्त्रीको जिम्मेवारीमा रहेका मन्त्री आचार्यको प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुएको प्रसंग उल्लेख गर्नुभएको हो ।

यद्यपी कांग्रेस महामन्त्री शर्माले आफ्नो अभिव्यक्तिमा अर्थमन्त्री जनार्दन शर्माको नाम उल्लेख नगरेपनि उहाँकोअभिव्यक्ति राजीनामा केन्द्रीत रहेको तत्कालीन अर्थमन्त्री महेश आर्चायको तस्वीरसंगै लेखेको अभिव्यक्तिबाट प्रष्ट वोध गर्न सकिन्छ । महामन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ! लेख्नु भएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031