काठमाडौं चैत २४ ,
नवलपुर जिल्ला अदालतले नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । न्यायधीश अर्जुन अधिकारीको इजलास मङ्गलबार र बुधबार भएको थुनछेक बहसपछि उक्त अदातलतले पूर्पक्षको लागि शाहलाई थुनामा राख्न आदेश दिएको हो ।
एक वर्षअघि नवलपुरको गैँडाकोटमा सुटिङको क्रममा मादक पद्धार्थ खुवाएर बलात्कार गरेको भन्दै व्यास नगरपालिका–१० की एक किशोरीले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि किटानी जाहेरी र्दिसंगै कलाकालर शाह विरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको थियो ।