बुधबार, मंसिर २०, २०८०
Dashain

औषधि उत्पादनको क्रममा मापदण्ड र गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौं बैशाख ९,
नेपाल फर्मा एक्स्पो–२०२२ को उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि भन्ने वित्तिकै मानव स्वास्थ्यसंग प्रत्यक्ष समबन्धीत भएकै कारण औषधिको उत्पादनको क्रममा अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी उत्पादन यसको बजारीकरण र वितरणमा लागि परेका सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान पु¥याउन व्यवसायीहरुलाइ आव्हान गर्नुभएको छ। चितवनको भरतपुरमा तीन दिने सम्म चल्ने प्रस्तुत प्रदर्शनीको उद्घाटनसत्रलाइ सम्बोधन गर्ने क्रममा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

साथै उहाँले नेपाली औषधि उत्पादकहरुले विभिन्न प्रकारका चुनौतीको सामना गर्दै आएको अवस्था प्रति आफु जानकार रहेको अभिव्यक्ति सहित औषधि उत्पादनमा लागेका व्यवसायीलाइ परोपकारीको संज्ञा समेत दिनुभएको छ।

त्यस्ते संविधानले प्रत्याभूति गरेको स्वास्थ्यसम्बन्धी जनताका मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुन आवश्यक रहेको भन्दै पछिल्लो समय कोभिड–१९ को विश्वव्यापी महामारीको समयमा औषधि व्ययवसायीले गरेको योगदान तारिफ योग्य रहेको बताउँदै रोगको उपचार र नियन्त्रणका लागि विभिन्न मुलुकबीच आपसी सहयोग र सहकार्यको आवश्यकता भएजस्तै औषधि उत्पादनको क्षेत्रमा पनि विभिन्न राष्ट्रबीच पारस्परिक सहयोग अभिवृद्धिको वातावरण आवश्यक रहेको जनाउ दिनुभयो ।

त्यस्तै गरि सहति औषधि उत्पादनको क्रममा स्वदेशमा भएका जडीबुटीको व्यावसायिक खेती गरी कतिपय औषधिका लागि कच्चा पदार्थका रुपमा प्रयोग गरेर आयात प्रतिस्थापन गर्न सकिने धारणा व्यक्त गर्दै निजी क्षेत्रको ठूलो लगानीसहित  औषधि उत्पादनमा आत्मनिर्भर बन्न सक्ने बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031