शुक्रबार, मंसिर १५, २०८०
Dashain

 उम्मेदवारी सिफारिसमा विधान विपरित शुल्क नलिन कांग्रेस मुख्यालयको सकुर्लर

काठमाडौ चैत २७,
नेपाली काँग्रेसले आसन्न निर्वाचनमा उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावली विपरित कुनै प्रकारको रकम माग मातहतका संगठनको ध्यानाकर्षण गराएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला कार्यसमितिलाई पत्र लेख्दै गराइएको ध्यानाकर्षणमा पार्टीको विधान २०१७ [संशोधनसहित] तथा नियमावली २०७६ को व्यवस्था बमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेका पार्टी सदस्यले बुझाउनुपर्ने सदस्यता शुल्कबाहेक अन्य कुनै किसिमको रकम लिन एवम् नउठाउने भनिएको छ।

त्यस्त्ै पत्रमा विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन समेत सकुर्लर गरिएको पत्रमा उल्लेख गरिएको छ ।