शुक्रबार, मंसिर १५, २०८०
Dashain

आसन्न स्थानीय तह निर्वाचनमा सहभागी दलका लागि आयोगको ६० बुँदे निर्देशन

काठमाडौं चैत २२,
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दलको प्रयोजनका लागि ६० बुँदे निर्देशन जारी गरेको छ । निर्वाचनमा भाग लिने राजनैतिक दलको तर्फबाट आयोगबाट निर्वाचन लक्षित हुँदै जारी गरिने आचारसंहिताको कार्यान्वयनमा प्रतिबद्धता प्राप्त भएसंगै आयोगले दललाई निर्वाचन [कसुर तथा सजाय]  ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवं निर्वाचनसम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न ६० बुँदे निर्देशन दिएको हो ।

त्यस्तै आयोगले आज जारी गरेको ६० बुँदे निर्देशनमा स्थानीय तहको निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आवश्यक महत्वपूर्ण बुँदासहित निर्वाचनमा उम्मेदवारी दिने, प्रचारप्रसार गर्ने, मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु-याउने, थुनछेक गर्ने, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, धाकधम्की वा डरत्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पु¥याउने, सामाजिक वहिष्कार गर्ने, प्रलोभन देखाउने र प्रतिज्ञा गराउनेलगायत जस्ता काम गर्न नहुने उल्लेख गरिउको छ।

त्यस्तै निर्वाचन प्रचारप्रसारको सिलसिलामा सरकारी कर्मचारी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने तथा निर्वाचन प्रचारप्रसारमा प्रचलित सङ्घीय कानूनविपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी सङ्घ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने निर्देशनसंगै निर्वाचनको प्रचारप्रसारको समय निर्धारण गर्दै तोकेको छ । राजनीतिक दलले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न पाउने आयोगको निर्देशनमा उल्लेख गरिएको छ।

यसैगरी जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने समयसिमा निर्धारण   सहित    जुलुस, आमसभा वा प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी पा क्याप, भेष्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने निर्देशनात्मक व्यवस्था को  समेत  व्यवस्था गरेको  छ।   त्यस्तै स्थानीय प्रशासनको अनुमति वेगर सार्वजनिकस्थलमा जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला नर्गन भनेको छ।

निर्देशनको थप बुँदागत व्यवस्था यस्तो छ