शुक्रबार, मंसिर १५, २०८०
Dashain

आयोगले आज र भोलि उम्मेदवार विरुद्धको उजुरीमाथि छानबिन गर्दै

काठमाडौं बैशाख १४,
स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि जाँचबुझ गर्ने भएकोछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले ७५३ स्थानीय तहका लागि आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको र प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ सहित आयोगले थप र्णिय गर्ने बताउनुभयो ।

त्यस्तै आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन संगै बैशाख १६ मा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको बताउनुभयो । साथै आयोगले बैशाख १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने जनाएके छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031