बुधबार, मंसिर २०, २०८०
Dashain

आचारसंहिताबारे आयोगलाइ एमालेको ध्यानाकर्षण

काठमाडौं चैत २४,
नेकपा एमालेले आशन्न स्थानीय तहको निर्वाचन आचारसंहिताका सम्बन्धमा आज निर्वाचन आयोगलाई आफ्नो धारणाहरू बुझाएको छ ।

पार्टी महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया समक्ष बुझाइएको ध्यानाकर्षणपत्रमा विद्युतीय सामग्री उत्पादन र सामाजिक सञ्जालमा राख्न नपाइने व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता कुष्ठित हुने लगायतका विषयहरू उल्लेख छन् ।

त्यस्तै आयोगलाइ बुझाएको ध्यानार्षण सहितको धारणापत्रमा आचारसंहिताका केही बुँदा संविधान र कानुनभन्दा बाहिर गएर व्यवस्था गरिएकोले  भन्दै एमालेले कुनै पनि कार्यपालिकाको सदस्य, प्रधानमन्त्री, मन्त्रीलगायत पदाधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाहेक निर्वाचन प्रचारको कार्यमा सम्लग्न हुन नहुने, कुनै पनि कार्यालयबाहेक अन्यत्र निर्वाचन चिह्न झण्डाको प्रयोग गर्न नहुने, निर्वाचनअघि जनप्रतिनिधिले राजिनामा दिनुपर्ने, मतदान वा निर्वाचन अधिकृतले गरेको निर्णयमा उजुरी नलाग्नेजस्ता प्रावधान प्रचलित मान्यता र अभ्यासविपरीत हुने उल्लेख गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031