ललितपुर बैशाख ८,
ललितपुर महानगरपालिका- ६ स्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिण्डर बिहीबार बिहान विष्फोट हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा उक्त प्लान्टमा काम गर्ने भारत पश्चिम चम्पारम रतनपुरुवा गाउँ घर भएका ४५ वर्षीय बृज महतो र ललितपुर महानगरपालिका(१८ बस्ने भारत घर भएका २५ वर्षीय राज कुमार महतो रहेका छन् । बृज महतोको घटनास्थलमै र राज कुमारको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै प्रहरीले उक्त घटनामा घाइते भएका अन्य ६ जना पाटन अस्पताल र ग्वार्खोस्थित बि एन्ड बि अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको जानकारी दिदै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।