काठमाडौं चैत १७,
काठमाडौं महानगरपालिका वडा न. १९ स्थित चसान्डो मानन्धर समुदायको नव निर्मित सना गुथी घरको आज एक कार्यक्रमकावीच उद्घाटन गरिएको छ । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बाग्मती प्रदेश सभा सदस्य राजेश शाक्यको उपस्थितीमा भवनको शुभारम्भ गर्दै काठमाडौं महानगर भित्रका विभिन्न समूदायमध्ये मानन्धर समूदायको पृथक पहिचान रहेको बताउँनु भयो ।
त्यस्तै उहाँले महानगरको पहिचान बनेको परम्परागत रितीरिवाजको संरक्षण लागि महानगरले सहयोग गर्दै आएको बताउँदै पछिल्लो समय विभिन्न समूदायसंग प्रत्यक्ष सरोकार राख्ने आदिवासी तथा जातीय पहिचानसँग सम्बन्धित गुठीगानाको संरक्षण गर्न सकेकोमा सन्तोष व्यक्त गर्नुभयो ।
बाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रम र काठमाडौं महानगरपालिकाको सहयोगमा बनेको उक्त भवनमा स्थानीय चसान्डो मान्नधर समुूदायको सना गुठीको परम्परागत कामकारवाहीको प्रयोग गरिने बताइएको छ ।
त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य शाक्य , महानगर वडा न. १९का कावा अध्यक्ष मधुसुदन प्रधान लगायतका वक्ताले परम्परागत गुठीको सरक्षण आजको आवश्यकता भएको बताउनुभयो । महानगरका वित्त विभाग प्रमुख बुद्ध माननधर, स्थानीय समाजीक अभियन्ता गजेन्द्र मानन्धर लगायतको समेत उपस्थिती रहेको उक्त कार्यक्रम गोपाल मानन्धरको सभापतित्वमा सभापतित्वमा सम्पन्न भएको थियो ।