शुक्रबार, चैत्र १६, २०८०

स्थानीय तह निर्वाचन: मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक

काठमाडौं चैत १३ ,
आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेका मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने सूचनामा उल्लेख  छ ।

त्यस्तै आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने जानकारी दिदै त्यसपछि निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी दिइने जनाएको छ।

निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी रहने आयोगले जानाएको छ।