शुक्रबार, मंसिर १५, २०८०
Dashain

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फर्किए

काठमाडौं चैत १३ ,
३ दिने नेपालको औपचारिक भ्रमण पूरा गरि चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज स्वदेश फर्कनुभएको छ । विदेशमन्त्री वाङ यी लाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गर्नुभएको हो ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार उहाँ नेपाल आइपुग्नुभएको हो । भ्रमणका क्रममा नेपाल र चीनवीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ समझदारीमा हस्ताक्षर गर्नुभएको थियो ।

त्यस्तै नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग पनि भेटवार्ता गर्नुभएको थियो ।