बुधबार, मंसिर २०, २०८०
Dashain

काठमाडौं काँग्रेस क्षेत्रन.८मा सल्लाहकार सहित कास सदस्यको मनोनयन

काठमाडौं चैत १२,
काठमाडौं काँग्रेस क्षेत्र न.८ को शुक्रवार बसेको बैठकले पार्टीको विधानत व्यवस्था अनुरुप क्षेत्रीय कार्यसमितिमा सल्लाहकार सहित कार्यसमिति सदस्यको मनोनयन गरेको छ। क्षेत्रीय सभापति राजेश श्रेष्ठको सभापतित्वमा सम्पन्न बैठकले पार्टीका महासमिति सदस्य समेत रहेका राजुराज जोशी , मोहन वहादुर बस्नेत , र् बद्री नेपाल र रमेश गौतमलाइ सल्लाहकारमा मनोनयन गरेका छन ।

त्यस्तै कार्यसमिति सदस्यमा प्रशन्न् मान खड्गी, यौवन प्रधान, सुरेद्रदास श्रेष्ठ, प्रेमलक्ष्मी शाक्य ,इन्दिरा थापासंगै आमन्त्रित सदस्यमा सदन झा, रविन खड्गी ,उर्मिला डंगोल र मोहनचन्दी श्रेष्ठलाइ मनोनय गरिएको सभापति श्रेष्ठ जानकारी दिनुभयो ।

त्यस्तै बैठकले आसन्न् स्थानीय तहको निर्वाचन लक्षित हुँदै जारी रहेको काँग्रेसको घर–घर जाऊ, नेपाली काँग्रेस जिताऔं’ अभियान ‘लाइ थप प्रभावकारी बनाउन सिङ्गो क्षेत्रीय समितिलाइ परिचालन गर्दै काँग्रेसको पक्षमा जनमतको वातावरण बनाउन आवश्यक सम्पूर्ण समयन्त्रको प्रयोग गर्ने निति अनुरुप बैठकले निर्वाचन लक्षित विभिन्न नितिगत निर्णय समेत गरेको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28