शुक्रबार, बैशाख ७, २०८१

महानगरको भावी नेतृत्वका लागि प्राडा अमिताको चर्चा

काँग्रेसजनको लैङ्गिक समानताको बहसमा खरो उत्रदै  काँग्रेसले हाम्रो भन्दा राम्रो उम्मेदवार रोज्ने विस्वास

काठमाडौँ  चैत ९,
मुलुकको ७५३ वटै स्थानीय तहको आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नगिचिदै गर्दा निर्वाचनको लागि राष्ट्रिय मान्यता प्राप्त दल संगै विभिन्न दलको तर्फबाट निर्वाचनको लागि उम्मेदवार र उम्मेदवारीको चर्चा निकै बढेको छ ।

त्यस्तै ७५३ स्थानीय तहमध्ये पछिल्लो समय मुलुुकको संघीय राजधानीको पहिलो महागर अर्थात काठमाडौं महानगर केन्द्रीत लैङ्गिक  समानता सहितको उम्मेदवारी चुनावी चर्चा  अन्य स्थानीय तहको भन्दा निकै पेचीलो बन्न थालेको छ।

यसैक्रममा सत्तारुढदल नेपाली काँग्रेस भित्र काठमाडौं महानगरको भावी नेतृत्व लिन करिव एकदर्जनको हाराहारीमा विभिन्न कोणबाट आकंक्षीको चर्चा चल्दै गर्दा महानगरको भावी मेयरको लागि योग्य एवम् अब्बल उम्मेवारको रुपमा दुइ दशक यतादेखि अविराम सक्रिय उज्जवल नक्षत्रका रुपमा उदाउँदै महानगरका प्रत्येक गतिविधीलाइ सुक्ष्म अध्ययनमा क्रियाशील व्यक्तित्व महानगर वडा न. १२ निवासी प्राडा अमिता प्रधान शाक्यको चर्चा निकै बढेको छ ।

काठमाडौं काँग्रेस क्षेत्र नम्बर ७ बाट महासमिति सदस्य रहेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकामा पुरुष मेयर धेरै हेर्‍यौँ अब महिला मेयर हेरौँ रोजौँ’ भन्ने अभिव्यक्ति सहित महिला मेयरको पक्षमा व्यक्त गरेको धारणाले भावी मेयरको लागि प्राडा प्रधान शाक्यको उम्मेदवारीको लागि निकै बल पुगेको काँग्रेस जनहरुको बुझाइ रहेको छ।

देशकै प्रमुख आकर्षनको केन्द्र काठमाडौ महानगरपालिकाले काँग्रेस वृतबाट आकंक्षी मध्ये प्राडा अमिता जस्तो व्यक्तित्वको नेतृत्व पाउने हो भने काँग्रेसले नयाँ तथा पूराना सवै मतदातावीचको सम्बन्धमा नयाँ आयाम सहित महानगरमा गुमेको काँग्रेसको वर्चश्वलाइ पुन कायम गर्न कुनै सकस नहुने बुझाइ रहेको छ।

त्यस्तै विभिन्न दर्जनौं संघसंस्था संगै महानगरका ३२ वटै वडाका विभिन्न समुदायसंग प्रत्यक्ष परोक्ष घुलमिलल रहेकी शालिन एवम भद्र व्यक्तित्व प्राडा प्रधान काठमाडौं काँग्रेस क्षेत्र न ९ बाट महाधिवेशन प्रतिनिधि समेत रहेकी छिन ।

उनको राजनिति प्रतिको दुरदर्शिताकै कारण काँग्रेसको १४  औं महाधिवेशन अन्र्तगत  काठमाडौं काग्रेसको जिल्ला निर्वाचनमा मार्फत सहसचिवमा समेत सर्वाधिक मत सहित निर्वाचित हुँदै आफ्नो लोकप्रियता स्थापित गर्न सफल भएकी छिन । विधार्थी राजनिति देखिनै निरन्तर सक्रिय रहदै पछिल्लो समय ,पेशागत धर्म र पार्टीको संगठन निर्माणका लागि सवै उमेर समूहका जाती समूदायका व्यक्तिसंग बाक्लो उठबस गर्दै आएकी प्राडा प्रधानको उम्मेदवारीको चर्चा पछि  महानगरको लागि अन्य प्रतिस्प्रर्धी दलका उम्मेदवार समेत हच्किएका छन ।

यहाँसम्मकी समग्रमा पूरातन भन्दा नविनत सोच सहित महानगर विकासको अवधारणा कार्यान्वयन गर्नुपर्छ भन्ने उच्च लक्ष्य वोकेका महानगरका युवा पुस्ताका मतदाताको मनोभावना संगै अग्रज तथा बाँकी सबै तह र तप्काका मतदाताको डेटावेश तत्थ्याङ्क सहित महानगरको आवश्यकता, औचित्यसंगै यहाँका जनता के चाहन्छन ? भन्ने विषयगत एजेन्दामा सुक्ष्म अध्यनन गर्दै सक्रियतापूर्वक प्राडा प्रधानले निचोड पहिल्याउँदै आफुले महानगर नेतृत्वको लागि तयारी गरेको हामीसंगको भेटमा बताइन । साथै यसपटक काँग्रेसले हाम्रो भन्दा राम्रो उम्मेदवार रोज्ने विस्वास  समेत व्यक्त गरिन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28