सोमवार, जेष्ठ ७, २०८१

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ चैत १,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राथमिक विद्यालयका व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दामा अभियुक्तहरुले सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी कायम गरी गैरकानुनी रूपमा भोगचलन गर्ने गराउनुका साथै बिक्री भएका जग्गामा पक्की घर बनाउने सम्मका काम गर्दै गैरकानुनी लाभ लिएको जनाएको छ ।

त्यस्तै आयोगको तर्फबाट जारी विज्ञप्तिमा अनुसन्धानको क्रममा व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्यसचिव रहेका प्रधानाध्यापक यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको संलग्नतामा विद्यालय व्यवस्थापन समितिको २०५१ साल वैशाख ११ गतेको बैठकले एक लाख ६९ हजार रुपियाँ लिई उक्त सार्वजनिक जग्गा भोगचलन गर्ने गराउने निर्णय संगै थप बदयित काम कारवाही भएके उल्ल्ेख गरिएको छ।
त्यस्तै आयोगले मुद्धा दायर गरेका अन्य व्यक्तिमा क्रमस सन्तबहादुर सिँजालीमगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धनबहादुर विक रहेका छन ।

त्यस्तै मुद्दा दायर गरिएकामध्ये यामबहादुर बानियाँ, धुनबहादुर पुुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँ लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको मृत्यु भइसकेको छ । घनश्याम बानियाँ, यमबहादुर ठकुरी र हरिकुमारी महतमाथि हदैसम्मको सजाय मागदाबी दिएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।