शुक्रबार, चैत्र १६, २०८०

पीसीआर र एन्टिजेन गरेर थप २२४ जनामा सङ्क्रमण पुष्टि

काठमाडौ फागुन २५,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर २२४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ। छ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनामा र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा २५१ जना सङ्क्रमणमुक्त भएको जानकारीदिदै वितेको २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । यद्यपी मुलुकमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको छ भने हाल मुलुकमा ५ हजार ६९२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएके छ।