शुक्रबार, बैशाख १४, २०८१

संसद बैठक: महाभियोगको प्रस्तावलाइ अघि बढाउन ११ सदस्यीय सिफारिस समिति गठन

बलात्कारको कसुरमा मुगुका एमाले सांसद बानियाँ निलम्बित

काठमाडौं फागुन २२,
प्रतिनिधिसभाको आज बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगको प्रस्तावलाइ प्रक्रियागत रुपमा अघि बढाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिएको छ। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको थियो ।

प्रन्या जबराविरुद्ध फागुन १ गते काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको थियो । महाभियोगपछि जबरा स्वतः निलम्बित रहेका छन ।

त्यस्तै संसद बैठकबाट बहुमतले स्वीकृत महाभियोग सिफारिस समिति नेपाली काँग्रेसबाट मीनबहादुर विक, रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट यशोदा सुवेदी, रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ, जनता समाजवादी पार्टीबाट प्रमोद साह र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल सदस्य रहनुभएको छ।

त्यस्तै आजको बैठकले बलात्कारको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका एमाले सांसद मोहन बानियाँलाइ जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा निलम्बन गरिएको सभामुखले सापकोटाले बैठकलाइ जानकारी गराउनुभयो सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् ।

त्यस्तै आजको बैठकमा प्रतिपक्षीदल एमालेको विरोध कायम रहे पनि महाभियोग सिफारिस समितिका लागि सदस्यको नाम उपलब्ध गारएसंगै प्रमुख प्रतिपक्षी दल एमालेले संसद्मा गर्दै आएको अवरोध अन्त्य गर्ने मानसिकतामा पुगेको बुझिएको छ। ससदको अर्को बैठक बैठक एक साता पछि अर्थात फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।