बिहिबार, चैत्र १५, २०८०

सङ्क्रमित भन्दा संक्रमणमुक्त हुनेका सख्या बढी

 काठमाडौं फागुन २१,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा पछिल्लो समय कोभिड भाइरस सङ्क्रमण एक सयभन्दा कम पुष्टि भएको छ घण्टामा छ हजार २२० को परीक्षण गर्दा  ६७ जना र एन्टिजेन परीक्षणमा २४ जना गरि  ९१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयका यसवीचमा ३६२ संक्रमितको उपचारपछि डिस्चार्जभएसंगै कोभिड मुक्त हुनेको सङ्ख्या ९ लाख ५८ हजार ५५५ पुगेको जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कुनै संक्रमितको मृत्यु नभएको र प्राप्त पछिल्लो डेटा अनुसार हालसम्म कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४५ रहेको मन्त्रालयले जनाएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ९४७ रहेको जानकारी दिएको छ ।