बिहिबार, चैत्र १५, २०८०

आज एमसीसी अनुमोदन विरुद्ध ६ साना वाम घटकको प्रदर्शन सहित विरोध सभा हुँदै

काठमाडौ फागुन २०,
संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले आज विरोधसभाको आयोजना गरेको छ ।

विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा [क्रान्तिकारी माओवादी], राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी रहेका छन् ।

बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । सार्वजनिक विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् । त्यस्तै फागुन ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा, चैत ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने जनाइएको छ ।

राजधानीको खुला मञ्चमा आयोजित विरोध सभा अघि वामपन्थी दलहरुले विरोध र्‍यालीको आयोजना गरेका छन् । विरोध र्‍यालीका कारण शुक्रवार राजधानीमा भएको ट्राफिक जामका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।

 

त्यस्तै फागुन ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा, चैत ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने जनाइएको छ ।

विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा ९क्रान्तिकारी माओवादी०, राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी रहेका छन् ।