बिहिबार, बैशाख १३, २०८१

प्रतिनिधि सभाको अव बस्ने बैठकमा प्रन्या जबराविरुद्धको महाभियोग प्रस्ताव उपर कारवाही हुने

बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित

काठमाडौं फागुन १८,
आज बसेको प्रतिनिधि सभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकको कारवाही शुरु गरेलगत्तै विगतका दिनमा जस्तै प्रमसख प्रतिपक्षीदल नेकपा एमालेले वेल घेराउ गर्दै बैठकमा नारावाजी सहित अवरोध सिर्जना गरेको थियो ।
यद्यपी बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गरेका थिए ।

त्यसलगत्तै सभामुख सापकोटाले आगामी बैठक फागुन २२ गते आइतबार १ बजे बस्ने जानकारी दिदै बैठक स्थगनको घोषणा गर्नुभएको हो ।

 बैठक पछि वाहिरिने क्रममा पत्रकारसँगको कुराकानीमा कानुन मन्त्री बडूले । सत्तारुढ गठबन्धनले गत फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव उपर कारवाही हुने जानकारी दिनुभयो ।