शुक्रबार, चैत्र १६, २०८०

मप बैठक: विशेष र उच्च अदालतका न्यायाधीशहरूको जिम्मेवारी हेरफेर

विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेल

काठमाडौं फागुन १८,
गत फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न मन्त्रालयको प्रस्तावमा भएको २० बुँदे निर्णय आज सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुभएको छ।

प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार मप बैठक मार्फत मिलेनियम च्यालेन्ज कम्प्याक्ट लाई प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सभामुख र सदस्यहरु सबैलाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
त्यस्तै
बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनमा न्यायाधीश श्रीकान्त पौडेल, सदस्यमा उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरखेल, उच्च दालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखरा, बाग्लुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुशीप्रसाद थारुलाई तथा राजश्व न्यायाधीकरण काठमाडौं कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्ने निर्णय गरेको छ भने

खानेपानी महशुल निर्धारण आयोगको अध्यक्ष एवं सदस्य सिफारिस समितिको सदस्य पदमा वाणगंगा नगरपालिका–११, कपिलवस्तुका भुपेन्द्रप्रसाद अर्यालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

त्यस्तै मप बैठको गरेको थप निर्णयहरु निम्नानुसार रहेको जानकारीदिनुभयो