बुधबार, बैशाख १२, २०८१

पीसीआर र एन्टिजेन गरेर १२७ जनामा सङ्क्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौ फागुन १८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा छ हजार ८७४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १२७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।
त्यस्तै मन्त्रालयले यसवीचमा ३२१ जना सङ्क्रमणमुक्त भएसंगै सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

साथै यसअवधीमा ३ जनाको मृत्यु भएको र योसँगै मुलुकमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४१ पुगेको जानकारीदिदै पछिल्लो समय नेपालम ७ हजार ७७०जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।