बिहिबार, बैशाख १३, २०८१

एमसीसी अनुमोदनपछि प्रम देउवा र अमेरिकी विदेशमन्त्री ब्लिकनबीच टेलिफोन संवाद, के भयो कुराकानी ?

काठमाडौं फागुन १८,  

प्रतिनिधिसभाको  बैठकबाट एमसीसी अनुमोदनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्री ब्लिकनवीच भएको टेलिफोन संवाद मुलत युक्रेनमाथिको रुसीका आक्रमणका विषयमा केन्द्रीत रहेको अमेरिकी विदेशमन्त्री ब्लिकनले ट्वीटमा उल्लेख गरिएको छ।

अमेरिकी विदेशमन्त्री ब्लिकनको ट्वीटमा ‘आज नेपालका प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी भयो। रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि दुई देशको समर्थनका विषयमा छलफल भएको जिकिर गरिएको छ।

त्यस्ते उहाँहरुवीचको संवादमा नेपालको आर्थिक विकास र क्षेत्रीय चुनौतीका विषयमा पनि छलफल भएको जनाउँदै उनले भनेका छन्, ‘आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामाना गर्न मिलेर काम गर्ने विषयमा पारस्परिक कुराकानाी भएको उल्लेख गर्नु भएको छ ।