शनिबार, बैशाख ८, २०८१

पछिल्लो २४ घण्टामा १५८ जनामा कोभिड सङ्क्रमण , २ को मृत्यु

काठमाडौं फागुन १७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर १५८ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ३५४ जना सङ्क्रमणमुक्त भएका जनाएको छ भने संक्रमणकै कारण थप दुई जनाको मृत्यु भएको जनाएको छ ।

योसँगै मुलुकमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३८ पुगेको जानकारी दिएको छ । साथै त्यस्तै नेपालमा हाल सात हजार ९७१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।