सोमवार, बैशाख ३, २०८१

नेपाली सेनाले आज सेना दिवस मनाउदैँ

काठमाडौं  फागुन १७ , 
यसैवीच महाशिवरात्रिको दिनमा नेपाली सेनाले आज सेना दिवस’ मनाउदैँछ । सेना दिवसको अवसरमा बिहान  सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गर्दै मनाइने  दिवसमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुुहुनेछ । सैनिक मञ्च टुँडिखेलमा आयोजना हुँने यस कार्यक्रममा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुने सैनिक मुख्यालले जनाएको छ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम सहित मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय सुरक्षाको अलावा पछिल्ला वर्षहरुमा विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा समेत प्रमुख महत्वपूर्ण काम गर्दै आएको छ।