शुक्रबार, चैत्र १६, २०८०

७३ साना राजनीतिक दललाई पनि चुनाव चिह्न दिने आयोगको निर्णय

काठमाडौं चैत २
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता नपाएका ७३ साना राजनीतिक दललाई पनि चुनाव चिह्न दिने निर्णय गरेको छ । साना दलको तर्फबाट चुनाव चिह्नको माग गर्दै जारी विरोधका कार्यक्रम पछि आयोगको आज बसेको बसेको बैठकले जिल्लामा दलको सक्रियताको आधारमा चुनाव चिह्न दिने निर्णय गरेको हो।

त्यस्तै बैठकले आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ७५ अनुसार चुनाव चिह्नका लागि दललाई पत्राचार गर्ने निर्णय गर्दै चुनाव चिह्नका लागि आयोगले तयार गरेको विवरण पत्र भरेर पेश गर्नु पर्ने व्यवसथ कायम गरिएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै आयोगको विज्ञप्तिमा आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आफ्नो दलको कुन–कुन जिल्लामा जिल्ला स्तरको संगठनात्मक संरचना, सोको विवरण तयार र दलको केन्द्रीय पदाधिकारीले प्रमाणित गरी चैत ६ गतेसम्म पेशभएसंगै समय सीमाभित्र पेश गर्ने राजनीतिक दलको उम्मेदवारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा ७ बमोजिम स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न नै प्रदान गर्ने उल्लेख गरिएको छ।