बिहिबार, बैशाख १३, २०८१

४५ जनामा कोभिड सङ्क्रमण,१४७ जना संक्रमित उपचार पछि डिस्चार्ज

काठमाडौँ चैत ७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर चार हजार ७५२ जनाको परीक्षण गर्दा कुल ४५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार २९ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १७ सय ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा गरि उल्लेखित सख्यामा सङ्क्रमितको पहिचान भएको हो ।

त्यस्तै यसवीचमा १४७ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको मन्त्रालयले जनाएको छ ।साथै देशभर ३१ सय ३५ जनामा सक्रिय सङ्क्रमण रहेका छभने वितेको २४ घण्टामा ५९ हजार ३७८ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।