शुक्रबार, बैशाख १४, २०८१

१६ वटा युट्युब च्यानललाई कारबाहीका लागि प्रहरीको साइबर ब्युरोमा सिफारिस

काठमाडौ फागुन २०,

नेपाली सञ्चार जगतका निमयक निकाय प्रेस काउन्सिल नेपालले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल [युट्युब] बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाउदै कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाृन नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरेका    छन ।

त्यस्तै काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको छ । दर्ता र सूचीकरण नभएका १० वेबपोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको जारी विज्ञप्ति मार्फत जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा अनुगमनका क्रममा आचारसंहिताको ठाडो उल्लङ्घन सहित विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल ९खासगरी युट्युब० समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको उल्लेख जारी विज्ञप्तिमा उल्लेख छ ।


त्यस्तै अदालतमा विचाराधीन रहेका यस्ता मुद्दाको न्यायिक छानबिनलाई प्रभाव पर्ने किसिमबाट सामग्री सम्प्रेषण नगर्नरनगराउन काउन्सिलले सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई अपिल गर्नुको अलावा गर्दै अनलाइन टिभी, सामाजिक सञ्जाल [विशेषगरी युट्युुब च्यानल] हरूमा प्रशारित सामग्रीबारे काउन्सिलमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि एक कार्यदल गठन भइ कार्य भइरहेको विज्ञप्तिमामा उल्लेख गरिएको छ।